काठमाडौं– चिनियाँ ह्याकर समुहले नेपालको बैंकिङ सिस्टम ह्याक गरेका छन् । पिन नम्बर ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा एटिएम बुथबाट उनिहरुले झिकिरहेका थिए ।गएराति पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि स्टिम ह्याक भएको पुष्टि भएको थियो ।
नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार , ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’
मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
प्रहरीले शनिवार साँझ पाँच जना चिनियाँ नागरिकलाई पाँच करोड रुपैयाँ नगदसहित पक्राउ गरेको छ। कति रकम लुटिएको भन्ने अझै टुङ्गो लागिसकेको छैन। सबै बैंकबाट तथ्याङ्क माग गरिएको छ।
स्रोतका अनुसार, शनिवार नबिल बैंकका विभिन्न एटिएम बुथहरुबाट ठूलो मात्रामा नगद झिकिएको थियो। ठूलो मात्रामा पैसा झिकिएपछि कर्मचारीहरुले के भएको रहेछ भनेर सिस्टमबाट त्यसलाई ट्र्याक गर्न थाले। उनीहरुले अस्वभाविक रुपमा पैसा झिकिएको र केही शंकास्पद गतिविधि भएको थाहापाएपछि प्रहरीलाई खबर गरेका थिए।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुबेदीका अनुसार चिनियाँ ह्याकरले बैंकका एटिएम ह्याक गरेको पुष्टि गरे । ‘उनीहरुले शनिवार राति मात्रै अर्बौं रुपैयाँ एटिएमबाट लुट्ने योजनासहित शुक्रबार नेपाल आएका थिए,’ उनले भने, हामीले समयमै ह्याकरबारे सूचना पाएपछि ठूलो रकम चोरी हुनबाट जोगिएको हो।’
FACEBOOK COMMENTS