पोखरा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । आज शुक्रबार बिहान जिसीले स्वास्थ्यमा अप्ठ्यारो महसुस गरेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात भएको पुष्टि गरेका हुन् । उनका प्रेस संयोजक माधव बरालका अनुसार मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ ।
FACEBOOK COMMENTS