काठमाडौं, फागुन ३ – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी रोजगारी पाएको जनाएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समिक्षा गर्दै श्रममन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत फागुन गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना ब्यक्तिहरु कामको लागि पारिश्रमिक तर्फ रोजगारीमा खटिएको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड बताउदै ९ वटा देशहरुसँग द्धिपक्षिय श्रम समझदारीपत्रमा हस्ताक्षर तथा ५ वटा देशहरुसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडी बढाईएको पनि बताउनुभयो ।
कोभिड १९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्धारका लागि पत्राचार गरिएको बताउनुभयो ।
वैदेशिक रोजगार बोर्डबाट बैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराई ४ सय ३५ जना कामदारको शव घर ठेगानामा पुर्याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि श्रम मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS