काठमाण्डौँ — बबई सिँचाइ आयोजनाले थप एक वर्ष म्याद थप्न विभागसँग प्रस्ताव गरेको छ ।
२०७५ सालमै नहरको सबै काम सक्ने लक्ष्य थियो ।
तर, हरेक वर्ष म्याद थप्दै जाँदा आयोजना ४ वर्ष पर धकेलिएको छ ।
ठेकेदारको ढिलासुस्ती र लापरबाही छोप्न म्याद थपको शृंखला चलिरहेको सरोकारवालाले बताएका छन ।
आयोजनाका लागि झन्डै ७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
पश्चिम मूल नहर अन्तर्गत ४२ किमिमध्ये २० किमि निर्माण भइसकेको छ ।
परेवा ओडारदेखि गुलरिया नगरपालिकाको रत्नापुरसम्म नहर निर्माण हुनेछ ।
चालु आ.व.मा ८ किमि पश्चिम मूल नहर अन्तर्गत मुआब्जा वितरण र ठेक्का सम्झौता भएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS