काठमाडौं, १७ कार्तिक – भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ ।
महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ ।
महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पिसिआर परीक्षण पनि महानगर आँफैले गर्ने निर्णय गरेको जानकारी दिईन । सरकारले गरिब, असहाय, कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गर्नेबाहेकको पिसिआर परीक्षण गर्न छोडेको छ । अन्यले आफ्नै खर्चमा पिसिआर गर्नुपर्ने हुन्छ । प्रमुख दाहालले भनिन, “हामीले आइसोलेशनमा बस्नेलाई आर्थिकरुपमा कुनै भार नहुने गरी परीक्षणसमेत निःशुल्क गर्ने भएका छौँ ।”
FACEBOOK COMMENTS