नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन टुंगिएको छ । बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
सहमति बनेका चार क्षेत्रबाट १८ १८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।
बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा निर्वाचन गर्ने भएको छ।
FACEBOOK COMMENTS