काठमाडौं, भदौ १६ – रुसले कोरोना खोप (स्पुतनिक भी लन्च) गरिसकेको छ। यो भ्याक्सिनलाई लिएर विशेषज्ञहरुले आशंका जनाएका छन्। तर राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन पूरै असरदार रहेको दाबी गरेका छन्। उनले आफ्नी छोरीलाई भ्याक्सिन दिएको पुनः स्पष्ट पारेका छन्।
उता, चीनले पनि आफ्ना नागरिकलाई भ्याक्सिन लगाउन थालिसकेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार खुलासा गर्यो, उसले आफ्ना नागरिकलाई जुलाई २२ देखि नै भ्याक्सिनको डोज दिन थालिसकेको हो। आयोगले भ्याक्सिनको क्लिनिकल ट्रायल तथा कस्ता मानिसलाई यो खोप लगाएको भन्नेबारे केही बताएको छैन। तर आयोगले भ्याक्सिनले मानिसलाई कुनै नराम्रो असर भने नगरेको बताएको छ।
FACEBOOK COMMENTS