काठमाण्डौँ — सरकारले अनुगमन र अनुगमनस्थलमै वस्तुको परीक्षण गर्न खरिद गरेको ल्याबोरेटरी भ्यानमा अनियमितता भएको भेटिएको छ ।
राजमार्ग, नाका र बजार अनुगमनका क्रममा तत्काल नमुना परीक्षण र नतिजा दिन खरिद गरिएका चार ल्याबोरेटरी भ्यानमा अनियमितता भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्रोत अनुसार सरकारले भ्यानका लागि २०७३/७४ मा बजेटमार्फत खरिद गर्ने घोषणा गरेको थियो ।
महालेखा परीक्षकको प्रतिवेदनले पनि भ्यान खरिद प्रक्रिया नियमसंगत नभएको जनाएको छ ।
प्रधानमन्त्री कृषि परियोजना र खाद्य प्रविधिले प्रतिस्पर्धाबिनै खरिद प्रक्रिया अघि बढाएको उल्लेख छ ।
राजमार्गमा अनुगमन गर्दा अनुगमनस्थलमै परीक्षण, किसानले उत्पादन गरेको दूध, नाकामा तरकारी, विषादी, तेल, सिमेन्टलगायतका वस्तु तत्काल परीक्षण हुन सक्छ ।
मेसिनमा राख्ने बित्तिकै परीक्षण र नतिजा आउँछ ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले अन्तर्राष्ट्रिय बिडिङअनुसार एउटा मात्रै कम्पनी भए पनि खरिद गर्न सकिने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS