काठमाण्डौं– सार्वजानिक लेखा समितिको ५ औं वैठकमा वाइडवडि खरिद सम्बन्धी महालेखा परिक्षाकको कार्यलयले तयार पारेको प्रतिवेदन ठिक कि वायुुसेवा निगमले दावि गरेको ठिक भन्ने प्रश्न उठेको छ ।
आईतबार बसेको समितिको वैठकमा सांसद लेखराज भट्ट लगाएतका संसदले प्रश्न गरेका थिए ।
महालेखा परिक्षाकको कार्यलयले वाइडवडि खरिद प्रकियामा अनियमितता भएको बताएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
तर वायुसेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारले वाइडवडि नेपालको सार्वजानिक खरिद प्रकिया कानुर र विनियामलि अनुसार भएको जिकिर गरेका छन् ।
उनले जहाज किन्दा अहिलेको संसोधित कानुन भन्दा नै पहिलेको पुरानो खरिद ऐन अनुसार भएको बताएका हुन् ।
खरिद ऐन १ वर्ष पहिले संसोधन भएको र २०७२ सालमा जस्तो खरिद प्रकिया थियो त्यसै अनुसार भएको बताए ।
बैठकमा संसदहरुले विचौलिय संग निगमले खरिद गरेको ? बिजनेश प्लान किन नबनाएको ? वाइडवडि चलाएर नाफा कमाउन नसक्ने भए किन ल्याएको भन्ने प्रश्न उठान गरेका थिए ।
FACEBOOK COMMENTS