काठमाण्डौँ — संघीय संसदको हिउँदे अधिवेशनका लागि सरकारका तर्फबाट चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् ।
संसदको तेस्रो अधिवेशन बुधबारदेखि सुरु हुँदै छ ।
सचिवालयका अनुसार कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक दर्ता भएका छन् ।
संसदका महासचिव मनोहर भट्टराईले बैठक सञ्चालनका लागि आवश्यक भौतिक तथा अन्य तयारी पूरा भइसकेको बताए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले हिउँदे अधिवेशनमा संसद्ले पर्याप्त बिजनेस पाउने बताए ।
संसद्मा विचाराधीन ११ वटा विधेयक रहेको, चारवटा नयाँ दर्ता भइसकेको भन्दै उनले संसद् सञ्चालनमा आएको पहिलो सातामै थप विधेयक दर्ता हुने जानकारी दिए ।
.— कान्तिपुर
FACEBOOK COMMENTS