काठमाडौँ, श्रावण २७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (रा प्र पा) तनहुँका अध्यक्ष बिनोद कुमार घर्तीले राष्ट्रवादी प्रजातान्त्रिक शक्तीलाई एकढिक्का बनाउनु पर्ने धारणा राख्दै राप्रपाका जिल्ला अध्यक्षहरुलाई अनुरोध गरेका छन्। राष्ट्रिय राजनीतिमा देश र जनताले राप्रपाको आवश्यकता र खाचो महशुस गरि रहेका उल्लेख गर्दै उनले देशमा एउटा भरपर्दो बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति मार्फत हिन्दु राष्ट्र र राजा सहितको प्रजातान्त्र पुनर्स्थापनाको टड्कारो महशुस गरि कमल थापा, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी बीच केही महिना अघि भद्र सहमति भएकोमा खुशी व्यक्त गर्दैएकीकरण गरिए पछि सबैमा हर्ष,उर्जा,उत्साह र हौशला बढ्नु स्वाभाविक भएको बताएका छन्।घर्तीले तीन नेतालाई एकजुट हुनबाट रोक्ने प्रयास भैरहेको औंल्याउदै ब्यक्तिगत स्वार्थ र रवाफको लागि नेतृत्वलाई भ्रममा पारेर पार्टीलाई बन्धक बनाइ त्रय नेताको समझदारीलाई धराशायी बनाउने खेलको पछि नलाग्न उनले आग्रह समेत गरेका छन्। उनले जिल्ला अध्यक्षज्यूहरुमा मेरो अनुरोध शिर्शकमा आफ्नो विचार ब्यक्त गरेका हुन ।
राप्रपा जिल्ला अध्यक्ष घर्ती लेख्छन….
जिल्ला अध्यक्षज्यूहरुमा मेरो अनुरोध:
राष्ट्रिय राजनीतिमा देश र जनताले राप्रपाको आवश्यकता र खाचो महशुस गरि रहेका बखत त्रय अध्यक्ष श्री कमल थापा, श्री पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी बीच केही महिना अघि भद्र सहमति भै देशमा एउटा भरपर्दो बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति मार्फत हिन्दु राष्ट्र र राजा सहितको प्रजातान्त्र पुनर्स्थापनाको टड्कारो महशुस गरि एकीकरण गरिए पछि सबैमा हर्ष,उर्जा,उत्साह र हौशला बढ्नु स्वाभाविक नै हो।
दुई राप्रपा एकीकृत पश्चात् यसको केन्द्रीय साङ्गठानिक संरचना र सचिवालय गठन देखि जिल्ला स्तरमा समेत पार्टी संमायोजन कार्यको थालनी भै रहेको अबस्थामा हाल आएर पार्टीको बारेमा विभिन्न अफवाह फैलाई अध्यक्ष त्रयको बारेमा टीका टिप्पणी गरेको सुनिन आएकोले हामी पार्टीका तमाम नेता कार्यकर्ताहरुको साथै अन्य शुभचिन्तकहरुका लागि समेत शुभ सन्देश होइन। ब्यक्तिगत स्वार्थ र रवाफको लागि नेतृत्वलाई भ्रममा पारेर पार्टीलाई बन्धक बनाइ त्रय नेताको समझदारीलाई धाराशायी बनाउने अधिकार कसैलाइ पनि छैन।
त्रय अध्यक्षज्यूहरुको भावना र मार्ग चित्र अनुसार पार्टीलाई सबल र गतिशील बनाउन आ-आफ्नो क्षेत्रबाट ईट्टा थप्नु हामी सबैको धर्म र नैतिक दायित्व हो,त्यसका लागि बिगत केही दिन यता म पनि आदरणीय केन्द्रीय सदस्य नेताज्यूहरु,भातृ संगठनका साथीहरू र अन्य साथीहरुसँग छलफल र बिमर्शमा सहभागी छु । यसको उद्देश्य गुट-उपगुट,पक्ष-विपक्ष र लविङ भन्दा पनि पार्टी एकताको डोरीलाई कसरी बलियो बनाइ राजासहितको हिन्दु राष्ट्रवादी पार्टीको रुपमा राप्रपालाई स्थापित गर्न सकिन्छ भन्ने हो।
यसर्थ,अहिलेको आबस्यकता हार र जीत अनि के पाउनु र के गुमाउनु भन्दा देश, जनता र पार्टीका लागि योगदान दिने ऐतिहासिक अबसर हो। अत: यसका लागि अबलम्बन गर्नु पर्ने सबै विधि र प्रक्रिया अपनाइ त्रय नेता गणको हात बलियो र शीर उचो बनाइ राप्रपालाई स्थापित शक्ति बनाउन अब बाँकी राजनीतिक र प्रसाशनिक कार्य अबिलम्ब पूरा गरि एकताको सन्देश सहित राजनीतिक कार्यक्रमहरुका साथ सबै जिल्ला र क्षेत्रहरुमा जाने वातावरण बनाउन हामी सबैले आ-आफ्नो सुबिधा अनुसार दवाब र सुझाव दिन म सबै जिल्ला अध्यक्षज्यूहरु, भातृ संगठनका साथीहरु र सबै जनवर्गिय संगठनका साथीहरूमा हार्दिक अनुरोध गर्दछु।
बिनोद कुमार घर्ति
अध्यक्ष
जिल्ला कार्य समिती, तनहुँ ।
FACEBOOK COMMENTS