मदन तिमल्सेना तनहुँ, २९ असोज -तनहुँ क्षेत्र नम्बर १ `क ´बाट निर्वाचित गण्डकी प्रदेशका सांसद राम बहादुर गुरुङलाई कोरोना पोजेटिभ देखिएको छ । सांसद गुरुङले सामाजिक संजाल मार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका छन् ।
सामाजिक संजाल फेसबुकमा उनले स्टाटस लेख्दै भनेका छन् “गण्डकी प्रदेशबाट काठमाडौं आउने क्रममा हल्का ज्वरो आएको जस्तो महशुस गरे । हिजो बुधबार विहान कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी पाए । हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । पोजेटिभ देखिएकाले Kantipur Hospital & Research Center मा भर्ना भएर कोभिडको उपचार गरिरहेको छु ।
अत्यन्त जरुरी भएमा कृपया म्यासेज गर्नु होला । केहि दिन यता तनहुँको विभिन्न क्षेत्रमा विकास निर्माणको आयोजनाहरु अनुगमन गर्ने क्रममा म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु ।
होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक अरु के नै बिकल्प छ र ? ” कोरोना परीक्षण अगावै उनले विकास निर्माणको आयोजनाहरुको अनुगमन गरेका थिए ।
FACEBOOK COMMENTS