काठमाडौं, वैशाख २१ – सोमबार दोहोरो अंकले घटेको नेप्से मंगलबार भने २ अंकले बढेको हो । मंगलबार नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ अंकमा बन्द भएको छ ।
मंगलबार दिनभरिमा २१३ कम्पनीको ६८ हजार ३१९ सेयर कित्ता किनबेच हुँदा ६ अर्ब ५ करोड २२ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।नेप्से परिसूचकसँगै ६ समूहमा हरियाली छाएको छ भने ७ समूहकोमा राताम्य छाएको हो । माइक्रोफाइनान्स समूहको सर्वाधिक १३७.८२ अंकले बढेको छ भने जीवन बीमा समूहको सर्वाधिक ६४.२३ अंकले घटेको छ ।
FACEBOOK COMMENTS