काठमाडौं, फागुन १४ – सिंगटी हाइड्रो इनर्जीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ । जसमा सिंगटी हाइड्रो इर्नर्जी तथा मेगा क्यापिटल मार्केट्सबीच आज (फागुन १३ गते) बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौतामा सिंगटी हाइड्रो इर्नर्जीको तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
हाल सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडको प्राथमिक शेयरको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत मेगा क्यापिटल मार्केट्सले कार्य गर्दै आइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन खुल्ला गरिएको प्राथमिक सेयरको बाँडफाँड फागुन १७ गते सोमबारको दिन गर्ने योजना रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन खुल्ला गरिएको प्राथमिक सेयरको बाँडफाँडको कार्यक्रम सम्पन्न भएपछि सर्वसाधारणको निमित्त सार्वजनिक निष्काशन खुल्ला गरिनेछ ।
FACEBOOK COMMENTS