काठमाडौं, मंसिर १९- आई.एम.ई.लाइफइन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स लिमिटेडमा साधारण सभा सम्पन्न गरिएको छ ।
ेसाधारण सभाले कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४÷०७५ को वासलात, नाफा—नोक्सानहिसाब, नगदप्रवाहलगायत वित्तीयविवरण स्वीकृत गर्ने काम गरेको छ । साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिमआर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने कार्य गरेको छ ।
सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्षजनशक्तिको अभाव र बीमाव्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएतापनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।
सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनिउ पस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS