काठमाडौं,फागुन ३० – शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर पश्चिमी वायूको प्रभाव रहेकाले देशको पश्चिमी तथा मध्य भू(भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू(भागमा आन्शिक बदलीको अवस्था रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ।
आज दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने माहाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS