काठमाण्डौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बागलुङको पश्चिम ढोरपाटनमा निर्माण गर्न लागिएको उत्तरगंगा जलविद्युत् आयोजना प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने बताएका छन्।
आयोजना निर्माणका लागि प्रदेश सरकार र स्थानीय तहको सहलगानीमा निर्माण गर्न पहल सुरु गरिएको उनले जानकारी दिए।
नेकपाको कार्यक्रम सिलसिलामा बागलुङमा आएका मुख्यमन्त्री गुरुङले स्थानीय तह र प्रदेशको समृद्धिका लागि विद्युत् आयोजना सञ्चालनको अनुमति दिनुपर्ने बताए।
मुख्यमन्त्री गुरुङले उत्तरगंगाको सबै गण्डकी प्रदेशमा पर्ने भएकाले ऊर्जामन्त्रीसँग पनि कुरा गरेको जानकारी दिए।
उनले ढोरपाटनको एकीकृत डीपीआर तयार गर्ने योजना अगाडि बढाइरहेको बताए ।
– अन्न्पुर्ण
FACEBOOK COMMENTS