काठमाण्डौँ – एनआइसी एसिया बैंक लिमिटेडले गुल्मीको गुल्मीदरबार गाउँपालिका ठूलोपोखरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको १७औँ उक्त शाखारहित बैंकिङ सेवाका लागि खुमलाल अर्याललाई स्थानीय प्रतिनिधि तोकेको जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडिएसएल, डिसहोमजस्ता उपयोगी सेवाको महसुल भुक्तानी गर्न सक्ने जनाइएको छ ।
त्यस्तै स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS