काठमाण्डौ — गैरआवासिय नेपालीहरुको संगठन (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ ।
सरकारले नेपालको समृद्धिकालागि विशेष महत्वका साथ आयोजना गरेको लगानीसम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सरकारको समृध्द नेपाल र सुखी नेपाली अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानीकोष खडा गर्ने विषयमा समझदारीपत्रमा शनिबार हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआरएनका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरे।
एनआरएनएका अनुसार उक्त फण्डले नेपालबाट एनआरएनलाई लक्षित गरेर फण्डको इकाइ बिक्री गर्नेछ ।
— कारोबार
FACEBOOK COMMENTS