काठमाण्डौँ — एनएमबि बैंक र वन टु वाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
एनएमबि बैंकका प्रमुखकार्यकारी अधिकृत सुनिल के. सी. र वन टू वाचका प्रबन्धनिर्देशक विलियम ग्रिमिङ्कबीच काठमाडौंमा आयोजित कार्यक्रममा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौताअनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिजफाइनान्सिङ्ग अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।
वन टु वाचले लगानीअवसर सम्भावना रहेका कम्पनीहरूको पहिचानगर्ने तथा उनीहरूलाई विदेशीलगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ ।
एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशीलगानीको स्वीकृति नपाउन्जेलसम्मको अन्तरिम अवधिमा ब्रिजफाइनान्सिङ्ग उपलब्ध गराउने छ ।
FACEBOOK COMMENTS