वीरगन्ज– तेस्रो मुलुकबाट मालसमान भित्रिने नेपालको प्रमुख नाका वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भएर बिदेशबाट आउने बिभिन्न खाले पेय पर्दाथको आयात बढेको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७४र०७५ मा त्यहाँ भएर ‘अल्कोहल’ रहित हलुका पेय, बाइन र कच्चा मदिराको आयत बढेको छ।
बिभिन्न खाले क्यान र बोतलमा आउने शीतल पेय, इनर्जी ड्रिकंस लगायत हलुका पेय अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०७४र०७५ मा ६० प्रतिशतले बढी आयात भएको छ।
यसपाली एक करोड ३५ लाख २९ हजार ३ सय ६६ लिटर ‘अल्कोहल’ रहित हलुका पेय आयात भएको छ। अघिल्लो वर्ष यस्तो पेय पदार्थ चौरासी लाख ६१ ह्जार ६ सय ४४ लिटर मात्र आयात भएको थियो।
त्यसतै ‘अल्कोहल’युक्त पेय वाइनको आयात २६ प्रतिशतले वृद्धि भएको छ। यस पटक आठ लाख ४८ हजार २ सय २४ लिटर वाइन बिदेशबाट आयात भएको छ। अघिल्लो वर्ष छ लाख ७३ हजार ७ सय ६७ लिटरवाइन आयात भएको थियो। त्यसतै कच्चा रक्सीको आयात आठ गुणा बृद्धी भएको छ । –नागरिक दैनिक
FACEBOOK COMMENTS