असार १७ – मंगलबार काठमाडौं उपत्यकामा पनि सलहको ठूलो झुन्ड देखिएको छ । बेलुका पौने ६ बजेतिर दक्षिण भेगबाट सलह स्वयम्भू हुँदै नागार्जुनतर्फ गएको प्राविधिक कार्यदलका संयोजक हुमागाईंले जानकारी दिए । ‘ठूलो झुन्ड डाँडामा देखिन्छ ।
केही टुक्रिएर नुवाकोट पनि गएको छ,’ उनले भने, ‘करिब एकचौथाइ ललितपुरतिर गएको देखिन्छ ।’ काठमाडौंमा देखिएको झुन्ड पुरानै रहेको उनको अनुमान छ ।
‘नयाँ भए वीरगन्जबाट आएको हुनुपर्छ । तर त्यताबाट रिपोर्टिङ भएको छैन । काठमाडौंमा देखिएको सलह चिन्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘बुधबार यकिन हुन्छ ।’
FACEBOOK COMMENTS