काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले बिना दर्ता वा बील बिजक जारी नगरी कारोबार गर्ने, न्यून मूल्यमा तथा कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोबार गर्ने व्यवसायीलाई बहिष्कार गर्न अनुरोध गरेको छ ।
उत्पादन, थोक तथा खुद्रातह एवं आम उपभोक्ताहरूले आफुले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर दिएरमात्र कारोबार गर्न पनि महासंघ सबैलाई आग्रह गरेको छ ।
महासंघले बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिवद्ध रहेको जनाएको छ । गैह्र कानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनु पर्नेमा महासंघले जोड दिएको छ ।
‘बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर आदि बारे गरिनु पर्ने सुधार बारे आ–आफ्नो तर्फबाट रचनात्मक सल्लाह सुझाव दिई सहयोग गर्न महासंघ सम्बन्धित सवैमा हार्दिक अपिल गर्दछ’ महासंघको विज्ञप्तीमा लेखिएको छ ।
FACEBOOK COMMENTS