काठमाडौं, भदौ २६ – भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थालेको एक वर्ष भयो। उनी दन्तरोग विशेषज्ञ हुन्। बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो।
“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भनिन्,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनेँ”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन।
एक्काइस दिनको अस्पतालको बसाइँपछि उनी कोरोनामुक्त भइन्। अस्पतालबाट घर फर्किँदा उनलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए। “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”, उनले भनिन्,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ।”
एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो। देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उनले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताए। जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी छन्।
FACEBOOK COMMENTS