काठमाण्डौँ — गण्डकी विकास बैंकको १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
उक्त नगद लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।
सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको आ.व. २०७४र०७५ सम्मको संचित मुनाफाबाट चुक्ता पूजीको १४.२० प्रतिशत प्रस्तावित नगद लाभांश स्वीकृत भएको हो ।
बैंकले आफ्नो स्थापनाकालदेखि नै शेयरधनिहरुलाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS