अन्जनराज न्यौपाने
तनहुँ, २२ असार -नेपाल कराँते महासंघ अन्तरगतको सितोरियो कराँते डो तनहुँ शाखाले गुरुपुर्णिामाको शुभ अवसरमा जिल्ला स्थित सितोरियो कराँते खेलका सिनियर प्रशिक्षकहरुलाई सम्मान गरेको छ । बार्षिक शुभकामना आदानप्रदान कार्यक्रम सहित उनीहरु सम्मानित भएका हुन । सम्मानित हुनेहरूमा नेपाल कराँते महासंघ शाखा डोजो तनहुँका बरिस्ठ उपाध्यक्ष अन्जनराज न्यौपाने ,प्रशिक्षकहरु दामोदर सुनार,टेकबहादुर श्रेष्ठ ,नविना थापा मगर,विवेक थापा, नेहा केसी ,सज्जा सुनार ,देविका राना लगाएत दुई दर्जन प्रशिक्षकहरु छन । यसै गरि उक्त कार्यक्रममा १ सय ८० सितोरियो कराँते खेलका खेलाडीहरु सम्मानित भएका थिए।
नियमित रुपमा प्रत्येक बर्ष जस्तै यस बर्ष पनि गुरुपुर्णिमाको अबसर पारेर नेपाल कराँते महासंघ तनहुँ शाखाको कार्यालय ब्यास-४ मा शुभकामना आदानप्रदान तथा सिनियर गुरु सम्मान गरिएको नेपाल सितोरियो कराँते डो तनहुँका अध्यक्ष किशोरराज खनालले जानकारी दिए। उक्त शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल कराँते महासंघ शाखा डोजो तनहुँका अध्यक्ष मनिराज थापालाई सम्मान गरिएको थियो । सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले खेलाडीहरु अनुशासनमा रहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गराउन सफल हुन जरुरी भएको बताए । उनले जिल्लामा हाल सम्म एकजनापनि स्थायी प्रशिक्षक नहुनु दुखद पक्ष भएको बताए ।
यसैगरी शुभकामना मन्तब्यका क्रममा कराँतेका वरिष्ठ उपाध्यक्ष अन्जनराज न्यौपानेले खेलकुद स्वास्थ्यका लागि र राष्ट्रकालागि अति आबश्यक भएको बताउदै अत्यधिक मात्रामा घाम,पानी ,झरि पर्दा जिल्लाका खेलाडी तथा प्रशिक्षकहरुलाई कवडहल नहुदा अत्यन्तै समस्या भएको प्रति सरोकारवाला निकाय चासो दिनुपर्ने बताए । विपि बनबाटीकामा अवस्थित कवडहल पनि भत्काएर खेल मैदानका रुपमा परिणत हुने भएपछि स्थानीय कराँते खेलाडीहरु ,ब्याडमिन्टन खेलका खेलाडीहरु चिन्तित भएको उनले बताए ।
यसैगरी वरिस्ठ प्रशिक्षक दामोदर सुनारले कुनै पनि खेलाडीहरुमा आत्मानुशासन जरुरी भएको बताए ।यस्तै शुभकामना मन्तब्यका क्रममा बोल्दै सितोरियो कराँतेका जिल्ला अध्यक्ष किशोरराज खनालले कराँते खेलाडीहरु देशका रक्षक भएको बताउदै देशको चौतर्फी हितकालागि खेलाडीले अनुशासन पुर्वक खेलमा सक्रिय रहनुपर्ने बताए ।
FACEBOOK COMMENTS