काठमाण्डौँ — गोदावरी नगरपालिकाले एकैसाथ अघि बढाएका नौ परियोजनामध्येका आठ परियोजना एकैसाथ अघि बढ्ने भएका छन् ।
गोदावरीलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकैसाथ अघि बढाइएका नौ परियोजनामध्ये एकको काम धमाधम अघि बढ्दा बाँकी आठको काम फूल्चोकी एकीकृत विकास कार्यक्रमले जिल्ला वन कार्यालयसँग वातावरणीय प्रभावको मापदण्ड पूरा गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा रहेकाले केही समयपछि शुरु गर्ने भएको छ ।
कार्यक्रमका प्रमुख डा अष्टमान किसी महर्जनले वातावरणीय प्रभाव न्यूनीकरणको विश्लेषण अध्ययन अन्तिम चरणमा पुगेको र वन क्षेत्रमा पर्ने प्रभावको अध्ययन समाप्ति भएसँगै आठ वटा परियोजना एकैसाथ अघि बढाउने बताए ।
नौ परियोजना निर्माण सम्पन्न गर्न नेपाल, अष्ट्रेलिया र चीन सरकार तथा गोदावरी नगरपालिका र गोदावरीको पर्यावरण मञ्चको कोषमा रहेको रकम खर्च हुने महर्जनले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS