काठमाडौं, वैशाख २३ । चिनले अन्तरिक्षमा पठाएको २१ टन तौल भएको रकेट अनियन्त्रित बनेको छ । चीनले यही वर्षको २९ अप्रिलमा चीनले एक सय फिट लामो र १६ फिट चौडा रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।
उक्त ‘२०२१–०३५ बी’ नामक रकेट प्रतिसेकेन्ड चार माइलको गतिमा पृथ्वीतर्फ खसिरहेको छ । र, यो रकेट पृथ्वीको जुनसकै कुनामा खस्न सक्ने अमेरिकी सरकारले बताएको छ । तर, अहिलेसम्म कुन ठाँउमा खस्छ भन्ने यकिन भइनसकेको बताइएको छ ।
सम्भवतः त्यो रकेट यही शनिबार अर्थात ८ मेमा पृथ्वीमा खस्न सक्छ । चीनले अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन बनाउने उद्देश्यसहित गत साता मात्रै प्रक्षेपण गरेको थियो । यो, चीनको सबैभन्दा ठूलो रकेट क्यारियर हो ।
यद्यपी, उक्त रकेट पृथ्वीको पर्यावरणमा प्रवेश गर्नु अघि नै जलेर नष्ट हुन सक्ने र बाँकी बसेका टुक्राहरु समुन्द्रमा खस्ने सम्भावना पनि छ ।
FACEBOOK COMMENTS