काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेपछि यस्तो निर्णय गरेको बताइएको छ ।
देउवाको पत्र प्राप्त भएसँगै बसेको उक्त समूहको बैठकले देउवालाई मत दिने निर्णय गरेको हो । आफूहरुको माग र मुद्दाहरु सम्बोधन गर्ने मौखिक प्रतिबद्धताका आधारमा देउवालाई मतदान गर्न लागिएको एक नेताले बताए ।
FACEBOOK COMMENTS