काठमाण्डौं – तोकिएको समयभित्र सञ्चालन हुन नसकेका उद्योगलाई सरकारले थप अवसर प्रदान गरेको छ।
त्यस्ता उद्योगले नयाँ अवसरअनुसार सञ्चालन अवधि बढाउन पाउने भएका छन्।
यसअघि तोकिएको म्यादभित्र सञ्चालनमा नआएका उद्योग स्वतः खारेज हुने प्रावधान थियो।
नयाँ व्यवस्थाअनुसार तोकिएको म्यादभित्र सञ्चालन नभएका उद्योगको अवधि थप्न मिल्ने भएको छ।
जलस्रोत र खानी क्षेत्रमा अधिकांश लगानीकर्ता वर्षौंसम्म लाइसेन्स होल्ड गरेर बस्ने प्रवृत्ति छ।
विशुद्ध उत्पादनका लागि उद्योग खोल्न इच्छुक तर प्रक्रियागत झन्झटमा अल्झिएर बसेका उद्योगीलाई मौका दिन यो व्यवस्था गरिएको उनले बताए।
संशोधित व्यवस्थाअनुसार अनुमतिपत्र लिएर बसेका उद्योगका हकमा यो सुविधा लागू हुँदैन। सञ्चालन वा उत्पादनको लाइसेन्स ओगटेर बस्ने उद्योगका हकमा भने यो व्यवस्था लागू नहुने उनको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार तोकिएको म्यादभित्र सञ्चालन नभएका उद्योगको अवधि थप्न मिल्ने भएको छ।
– अन्न्पुर्ण
FACEBOOK COMMENTS