काठमाडौं, २ फागुन- निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ । आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी स्वरुप आयोगले सबै राजनीतिक दलहरुलाई आयोगमा बोलाएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदाबारे छलफल गर्न बोलाइएको जानकारी दिए ।
आयोगले संघीय संसद, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ ।आयोगले नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा र सजपाका अध्यक्षसहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको हो ।
FACEBOOK COMMENTS