काठमाण्डौँ – ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बर्दियाको बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ।
समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको गम्भीर लापरबाहीलाई कारण भासिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।
यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो ।
कन्स्ट्रक्सनले पुल निर्माणका मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेका महाशाखाले जनाएको छ ।
– नयाँ पत्रिका
FACEBOOK COMMENTS