काठमाडौं, वैशाख ३ – बाँकेमा १८३ जनाको पिसिआर परीक्षण गर्दा १२७ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ।पछिल्लो २४ घन्टामा १२७ जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको अनुमान गरिएको छ।जिल्ला कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार परीक्षण भएकामध्ये झन्डै ७० प्रतिशतलाई कोरोना देखिएको हो।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संक्रमितमध्ये अधिकांश भारतबाट आएकाहरू रहेको बताए।
‘संक्रमित अधिकांश युवा छन् र उनीहरू सबै भारतबाट आएकाहरू हुन्,’ प्रजिअ गेलालले भने। उनका अनुसार शुक्रबार बाँकेमा फेला परेका १२७ जना संक्रमित सबै बाँकेका होइनन्। शंका लागेका बाहिरी जिल्लाका मानिसको पनि पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए।स्रोतका अनुसार भारतबाट घर आएकामध्ये जमुनाहा नाकामा शंकास्पद लक्षण देखिएकाहरूसमेत पिसिआर परीक्षणका लागि नमूना दिएर घर गइसकेका छन्।उनीहरूले समुदायमा संक्रमण फैलाएको हुन सक्ने आशंका गरिएको एक स्वास्थ्य अधिकारीले बताए।
FACEBOOK COMMENTS