काठमाण्डौँ — एकै व्यक्ति बैंकर र व्यवसायी हुन नपाउने व्यवस्थाका लागि केन्द्रीय बैंक फेरि गृह कार्यमा जुटेको छ ।
एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाले वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा राष्ट्र बैंकले यस्तो गृहकार्य थालेको हो ।
यसअघि ९अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा० पनि व्यवसायी बैंकर हुन नपाउने व्यवस्थाका लागि राष्ट्र बैंकले प्रयास गरेको थियो ।
ऐन संशोधनको क्रममा व्यवसायीहरू हाबी भएपछि उक्त प्रस्तावले कानुनी मान्यता पाउन सकेन ।
यसकारण अहिले पुनः सोही व्यवस्थाका लागि आन्तरिक छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS