कोरोना भाइरसबाट संक्रमितको मामिलामा ब्राजिलले नयाँ रेकर्ड कायम गरेको छ। ब्राजिलमा एकै दिन ३५ हजार मानिसमा संक्रमण देखिएको छ।
संयुक्त राज्य अमेरिकापछि संक्रमणको मामिलामा यो संख्या धेरै हो। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यहाँ ३४ हजार ९ सय १८ संक्रमित देखिएका छन्। यसका साथै ब्राजिलमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार १८९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार २८२ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ४५ हजार २४१ पुगेको छ।
मृत्यु र संक्रमणको मामिलामा ब्राजिल अमेरिकापछि पहिलो नम्बरमा छ।
अर्गनाइजेशन फोर इकनोमिक को(ओपरेशन एण्ड डेभलपमेन्टले ब्राजिल यदि कोरोनाको दोस्रो चरणमा प्रवेश गरे अर्थव्यवस्था ९।१ प्रतिशतभन्दा पनि तल झर्ने चेतावनी दिएको छ। ओईसीडीले यसवर्ष ७।४ प्रतिशत गिरावट आउने अनुमान गरेको छ।
FACEBOOK COMMENTS