काठमाडौं,वैशाख २४ – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नजिक पुगेको छ । मंगलबार एकै दिन २९ सय ६३ जना नयाँ संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या ४९ हजार ४३६ पुगेको छ ।
अहिलेसम्म भारतमा एक हजार ६९५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा एक सय २६ जनाको मृत्यु भएको वल्र्डमिटरले जनाएको छ ।
अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्। त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन्।
सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६१७ पुगेको छ भने संक्रमितको संख्या १५ हजार ५सय नाघेको छ । गुजरातमा ३६८ जनाको मृत्यु हुँदा ६ हजार दुई सयभन्दा बढी संक्रमित छन् ।
मध्य प्रदेशमा १७६ जनाको मृत्यु भएको छ भने संक्रमित तीन हजार ४९ जना छन् । पश्चिम बंगालमा १४० जनाको मृत्यु हुँदा एक हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ं
FACEBOOK COMMENTS