४ जेठ, भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी असार्वजनिक गरे ।
भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया डिसीसीआई ले गत मे १ तारेखमै सिकिस्त तथा मध्यम अवस्थाका कोभिड १९ का विरामीलाई आकस्मिक प्रयोगका लागि यो औषधिलाई स्विकृति प्रदान गरेको थियो ।
पाउडरको रुपमा तयार पारिएको यो औषधि पानीमा घोलेर खानुपर्ने बताएको छ । कोरोना संक्रमणबाट गम्भीर विरामी परेकाहरुलाई अक्सिजनमाथिको निर्भरतामा कमी ल्याउन सघाउने भनिएको यो औषधि खुला बजारमा भने उपलब्ध भइसकेको छैन ।
इन्स्टिच्यूट अफ न्युक्लिएर मेडिसिन एण्ड अलाइड साइन्सेस आइएनएमएएस ले टु–डिजी औषधिको विकास गरेको हो ।
हैदरावादस्थित डाक्टर रेड्डीज ल्याबोरेटरिज कम्पनीसँगको सहकार्यमा प्रतिरक्षा अनुसन्धान तथा विकास संस्था डिआरडिओको प्रयोगशालामा यो औषधिको विकास गरिएको भारतको रक्षा मन्त्रालयले हालै एक विज्ञप्तीमा जनाएको छ ।
नेपालले पनि कुटनीति तअवर वाट प्रयास गर्ने हो भने जिटुजि प्रकृया वाट यो औषधि नेपालमा उपलब्ध गरोन सकिनेछ ।
FACEBOOK COMMENTS