काठमाण्डौं—मङ्सिरदेखि काठमाडौँ उपत्यकामा विद्युतीय (इलेक्ट्रिक)बस सञ्चालन हुने भएको छ।
चीनबाट ल्याउन लागिएका बसको खरिद प्रक्रिया सुरु भएको छ ।
गोर्खा इको प्यानलले त्यस्ता बस सञ्चालन गर्न लागेको हो ।
बस सञ्चालनका लागि प्यानलले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई नेपाल ल्याएर सडकको अध्ययन गराएको थियो ।
प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालका अनुसार कम्पनीले सडकको अवस्था, घुम्ती, उकालो ओरालो तथा गतिको अध्ययन गरेका थिए ।
हाललाई चक्रपथ, भक्तपुर सूर्य विनायकदेखि कलङ्की, तीनकुने, बानेश्वर माइतीघर रत्नपार्कका रुटमा सञ्चालन गरिने दुवालले बताउनुभयो ।
रुटका लागि यातायात व्यवस्था विभागसँग समन्वय भइरहेको बताइएकोखछ ।
ठूलो र सानो गरी दुईवटा बस ल्याउन लागिएको छ ।
कम्पनीले नै चार्ज स्टेसन राख्ने र तीन घण्टा चार्ज गरेपछि पूरा चार्ज हुने बताइएको छ ।
— गोरखापत्र
FACEBOOK COMMENTS