काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विहिबार हुने निर्वाचनका लागि गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि गगन थापाले र त्यसपछि किशोरसिंह राठौर पनि सभापति पदका लागि मनोनयन दर्ता गरेका थिए ।
त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा भने पुष्पा भुसालको मात्र उम्मेदवारी परेपछि दुवै निर्बिरोध निर्वाचित भएका छन् ।
