काठमाडौं, बैशाख १४- प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद केहि समय पर सरेको छ ।
लकडाउनका बारेमा निर्णय गर्न प्रधानमन्त्री निवासमा बस्ने मन्त्रिपरिषद बैठक ५ बजेको लागि सारिएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम९सिससएमसी० सँग छलफल गर्ने भएका छन्।
आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।
समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।
FACEBOOK COMMENTS