काठमाण्डौं – मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइने भएको छ ।
निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो ।
मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
उहाँका अनुसार बोइङ ल्याउन चालक दलका सदस्य (क्रू मेम्बर) आइतबार मलेसिया गएका छन् ।
निगमले उक्त बोइङ बिक्री गर्ने तयारी गरेको छ ।
बिक्री नभइन्जेल उडान गर्ने योजना बनाएको छ ।
– कारोबार
FACEBOOK COMMENTS