काठमाडौं, माघ ५- ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नकालागि महालक्ष्मीविकास बैंक र ईसेवा फोन पे प्रा. लि. बीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा महालक्ष्मीविकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवा फोनपे प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा बमोजिम ग्राहकहरुले ईसेवा फोन पेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।
बैंकले आगामीदिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्न सदातत्पर रहनेकुरा जनाएको छ ।
FACEBOOK COMMENTS