काठमाण्डौँ — मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्ध नीति, कानुन र नियमनको वातावरण हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
उद्यमी मैत्री प्रशासन, व्यवसाय प्रवद्र्धन र सम्बद्र्धनमा सहयोगी वातावरण, पूजीमा पहुच र सुलभता र न्यूनतम आधारभूत पूर्वाधार आवश्यक रहेको पनि विज्ञहरूको जोड छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा हालै ललितपुरमा आयोजित महिला उद्यमी राष्ट्रिय कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तोे कुरा औल्याएका हुन ।
विगत एक दशक यता ठुलो संख्यामा पुरुष बिदेशिएकाकारण परिवारको लालनपालन गर्न नेपाली महिलाहरू आय आर्जन पेशामा आवद्ध हुन थालेको बताइएको छ ।
महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले जवसम्म एउटी गृहणी सम्पूर्ण रूपमा उद्यमी बन्न सक्दिन तवसम्म मुलुक विकास र प्रगति पथमा अगाडी बढ्न नसक्ने भन्दै घरघरबाट उद्यमशीलता प्रवद्र्धन गर्ने अभियानमा महासंघ लागिरहेको बताउनु भयो ।
FACEBOOK COMMENTS