काठमाण्डौं – सेयर कारोबार सुरु भएको दोस्रो दिन नै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्पूर्ण सेयर कारोबार रद्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रविधिक कारण देखाई सोमबारको कारोबार रद्द गरेको हो ।
कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको थियो ।
आइतबार २ सय २४ रुपैयाँमा बन्द भएको कारोबार सोमबार भने एकैपटक ३ सय ३६ रुपैयाँ पुगेको थियो ।
नेप्से र सेयर दलालहरूको लापरबाहीका कारण लगानीकर्ता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर खरिद–बिक्री गर्न अलमलिएका थिए ।
सोमबार बजार खुलेसँगै माथिल्लो तामाकोसीको सेयर रेञ्जभन्दा बाहिर गएर कारोबार भयो ।
प्राविधिक त्रुटीका कारण रेञ्जभन्दा माथि गएर कारोबार भएको भन्दै नेप्सेले त्यसरी भएको सेयर कारोबार रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
– कारोबार
FACEBOOK COMMENTS