काठमाडौं, २९ माघ – राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ २८ गते सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको ४.५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै बैंकका सेयरधनीले गत आव २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको साढे ४ प्रतिशत लाभांश पाउने भएका छन् ।
भर्चुअल माध्यमबाट सम्पन्न भएको बैंकको सभाले लाभांश प्रस्ताव सहित आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।
बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
FACEBOOK COMMENTS