काठमाडौं, ९ चैत्र – सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले सरकारले कोरोना भाइरस भित्रन् नदिन गरेको प्रयासलाई स्वागत गरेको छ । महासंघले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले लामो दुरीका सवारी रोक्ने निर्णय स्वागतयोग्य भएको बताएको छ ।
महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले नेपाल सरकारले कोरोना भाइरस आउन नदिन जुन किसिमका कामहरु गरेको त्यसको लागि महासंघले हातेमालो र सहयोग गर्ने बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा जुन सम्वोधन गर्नुभएको छ । त्यसमा पनि महासंघले स्वागत गरेको छ’ अध्यक्ष अधिकारीले भने । उनले कोरोनाको संक्रमण भित्रन नदिन भारतबाट भित्रने भारतीय नागरिक पनि पूर्ण रुपमा रोक्न सरकारलाई आग्रह गरे ।साथै, अधिकारीले नेपाली सवारी साधनहरुलाई ज्वरो नाप्ने यन्त्र, मास्क जस्ता सामानहरु उपलव्ध गराईदिन समेत सरकारलाई आग्रह गरे । सरकारले तोकेको भन्दा कुनै सवारीले धेरै भाडा लिएको पार्इएमा कारवाहीको दायरामा ल्याउन महासंघले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
सम्बाद क्लब नेपालमा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतबाट नेपाल आउने सवारी साधनमा आउने मानिस भित्रता सरकारले प्रभावकारी रुपमा चेकजाँच गर्न नसकेको आरोप लगाए ।उनले भारबाट नेपाल आउने सुनौली नाकामा विहान ६ बजे देखि वेलुका ६बजे सम्म चेकजाँच भए पनि रातीको समयमा चेकजाँच गर्ने काममा लापरवाही भएको औल्याए ।साथै, सरकारले सबै क्षेत्रको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी रहेको बताउदै जनता पनि सजक हुन जरुरी रहेको महर्जनले बताए।
FACEBOOK COMMENTS