काठमाण्डौँ — बैंक तथा वित्तीय संस्था र रेमिटयान्स कम्पनीहरूले विदेशबाट पैसा (विदेशी मुद्रा) आएपछि मात्र लाभग्राही ९ग्राहक० लाई भुक्तानी गर्नुपर्ने भएको छ ।
यही भदौ १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो।
विदेशी मुद्रा प्राप्त नभई रेमिटयान्स भुक्तानी गर्दा हुन सक्ने सम्भावित जोखिम कम गर्नुका साथै रेमिटयान्स भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
रेमिटयान्स कारोबार गर्ने बैंक तथा वित्तीय संस्था तथा रेमिटयान्स कम्पनीहरूले अबउप्रान्त अनिवार्य रूपले अग्रिम रूपमा विदेशी मुद्रा भित्र्याएर मात्र लाभग्राहीलाई भुक्तानी प्रदान गर्नुपर्नेछ ।
ग्यारेन्टीको आधारमा भुक्तानी गर्दा बैंक ग्यारेन्टीको रकमले खामेको सीमासम्म मात्र भुक्तानी दिनुपर्नेछ ।
यसअघि कम्पनीहरूले पैसा नआएकै अवस्था (पोस्ट फन्डिङ) मा पनि भुक्तानी गर्दै आएका थिए ।
उक्त व्यवस्थाले यहाँका रेमिटयान्स सेवा प्रदायक कम्पनीहरूले लाभग्राहीलाई भुक्तानी दिइहाल्ने तर पछि विदेशबाट पैसा नआउने समस्या देखिन थालेपछि राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो ।
– कान्तिपुर
FACEBOOK COMMENTS