काठमाण्डौँ — नेपाल धितोपत्र बोर्डले विद्यालय र विश्वविद्यालय तहको पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरेको छ।
बोर्डले माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न स्नातक तथा स्नातकोत्तर तहका पाठ्यक्रम र व्यवस्थापन तथा अर्थशास्त्रलगायत विषयगत पाठ्यक्रम तयार गर्दा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गराउन पहलका लागि समन्वय र सहकार्य गर्न सम्बद्ध निकायलाई आग्रह गरेको जनाएको छ।
बोर्डले धितोपत्रको विषय समावेश गर्न पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मानविकी, व्यवस्थापन र कानुन संकायका डिनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै लोक सेवा आयोगलाई अनुरोध गरेको बोर्ड प्रवक्ता निरज गिरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
धितोपत्रको विषयवस्तु विद्यालय र विश्वविद्यालय स्तरका पाठ्यक्रममा समावेश गर्दा लगानीकर्ताको हित संरक्षण हुने र सशक्तीकरणमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
FACEBOOK COMMENTS