काठमाण्डौँ — प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् ।
उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणको २०औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा मुआब्जा दिई अधिग्रहण गर्न ढिला नगर्न जोड दिए ।
मुख्यमन्त्री राईले विराटनगर विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विवरण सङ्कलन गरेको जानकारी दिँदै आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी निर्णय गरिने बताए ।
— कारोबार
FACEBOOK COMMENTS