ललितपुर, २२ फाल्गुण – संघिय सांसद पम्फा भुषालले शिप सिकेपछी त्यसलाई ब्यवहारमा उतार्नुपर्ने औल्याएकी छिन् । ललितपुर महानगरपालिका -५ को सहयोगमा संचालित ७ दिने बेकरी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा ब्यक्त गरेकी हुन् । तालिम समापन पस्चात विहिवार आयोजित कार्यक्रम माझ उनले भनिन ‘शिप सिकेपछी त्यसलाई ब्यवहारमा उतार्नुपर्छ, अन्यथा तपाईहरुले निशुल्क रुपमा राज्यबाट पाउनु भएको सुविधाको अनुपयोग गरेको ठहर्नेछ’ । कार्यक्रममा बिशेष अतिथिको आसनबाट बोल्ने क्रममा ललितपुर ०५ नम्बर वडाका वडाध्यक्ष विकासमान श्रेष्ठले शिपमुलक तालिमले स्थानिय स्तरमा आत्मनिर्भरतालाई बढवा दिने औल्याउदै वडाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिदै आएको बताए ।
कार्यक्रममा आयोजकका तर्फबाट बोल्दै पिनाकल कलेजका प्रिन्सिपल डा. ऋषि कुमार तिवारीले प्रशिक्षार्थीहरुले प्रशिक्षणबाट प्राप्त शिपको सदुपयोग गर्नेमा आफू आशावादी रहेको बताए । प्रशिक्षार्थीहरुको तर्फबाट डा मिना बाराकोटी र अनिता थापाले मन्तब्य राख्दै बेकरी तालिमबाट प्रशिक्षार्थीहरुले लिन सक्ने फाईदा आदीका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा महिला सदस्य सोभा देवी प्रधान श्रेष्ठले कार्यक्रम संचालकको भूमिका निभाएकी थिईन् भने वडा सदस्य अशोक कुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु पुनम निरौला र मैया रिजाल, प्रशिक्षक सिद्दीलक्ष्मी श्रेष्ठ, वडा सचिब मुकुन्द रन्जित आदीको उपस्थिती रहेको थियो । पिनाकल ट्रेनिङ सेन्टरको आयोजनामा आयोजित उक्त बेकरी तालिमबाट ३० जना प्रशिक्षार्थीहरु प्रशिक्षित भएका छन् ।
FACEBOOK COMMENTS